31.9 C
Birgunj
9 October 2024
KALIKATIMES.COM

छुट्टाछुटै तिन स्थानमा भएकाे कार्यक्रममा १२६ जनाद्वारा रक्तदान

वीरगंज । राउण्ड टेबल नेपालकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली युवा उद्यमी मञ्च वीरगंज (एनवइईएफ वीरगंज) सँगको सहकार्यमा भएकाे कार्यक्रममा २३ जना रक्तदान गरेका हुन् ।

आदर्शनगरस्थित राणीसती अतिथि सदनमा आयोजित कार्यक्रममा विकास ठाकुर, विकास यादव, रुपेश राउत, राहुल कुशवाहा, सन्जय बैठा, रविन ढुंगेल, रामहरि रिमाल, दिपेन्द्र मल्ल, शिवपुजन महतो, शैलेष साह, बाबुनन्द पटेल, युगेश श्रेष्ठ, सुमन कुमार गुप्ता, हरि शर्मा, नितिक शाह, दिपक अग्रवाल, मुकेश गुप्ता, रामबाबु चौधरी लगायतले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।

रक्तदान कार्यक्रममा राउण्ड टेबल नेपालका आकाश सर्राफ, एनवाईइएफ वीरगंज च्याप्टरका सदस्यहरू, वीरगंज फ्रेन्ड्स राउण्ड टेबलका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साकाे आयाेजनामा पनि शनिबार रक्तदान कार्यक्रममा सम्पन्न भएकाे छ । ६९ औं प्रहरी दिवसको उपलक्ष्यमा भएकाे कार्यक्रममा ३ महिला सहित ७३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकाे परिसरमा कार्यक्रममा सानिया खातुन, अनिता ठाकुर, क्रिश्चला तमांग, सुरेन्द्र पटेल, नितिन कुमार, रामबाबु गुप्ता, मोविन अन्सारी, अमित यादव, प्रेमबहादुरर भण्डारी, दिलिप साह सोनार, सुमन बहादुर विश्वकर्मा, बाबुराम ढकाल, राजेश महत्तो लगायतका रक्तदान गरकेा हुन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेल, प्रहरी नायब उपरीक्षक दीपक भारत लगायतको पनि उपस्थिती थियो ।

यसैगरी कृष्णा प्रणामी युवा परिषद्ले बाराको आयाेजनामा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । जीतपुरसिमरामा  भएकाे कार्यक्रममा एक महिलासहित ३० जनाले रगतदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए ।
 
उक्त कार्यक्रममा लालबाबु साह, सिकन्दर सहनी, प्रकाश गौतम, दिपक पौडेल, प्रकश चौधरी, सुरज सहनी, रबिन्द्र सहनी, पुनिल सहनी, अम्बर श्रेष्ठ, सैलेन्द्र चौधरी लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दशैंमा पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीले तलब पाएनन

शम्भु कुमार सुमन

पर्सामा राैनियार युवा समाज गठन

कालिका टाईम्स

अबदेखि नारायणी अस्पतालमा सुत्केरी महिलाले निःशुल्क रगत पाउने

कालिका टाईम्स
SQL requests:207. Generation time:3.173 sec. Memory consumption:78.42 mb