31.8 C
Birgunj
9 October 2024
KALIKATIMES.COM

दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

वीरगंज । बडा दशैं तथा शुभ दिपावलीकाे अवसरमा शनिबार वीरगंजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । वीरगंजस्थित घडिअर्वा पोखरीमा भएकाे कार्यक्रममा १८० जनाले आ आफ्नाे स्वास्थ्य परिक्षण गराएकाे राेट्याक्ट क्लब अफ युनाइटेड वीरगंजले जनाएकाे छ ।

रोट्याक्ट क्लब अफ युनाइटेड वीरगंजकाे आयाेजनामा भएकाे शिविरमा मधुमेह तथा रक्तचापकाे चेकजाँच गरिएकाे थियाे । शिविरमा नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहद्वारा चेकजाँचको गरिएको थियो ।

नेपाल फर्माका लापेन डेबिट्स डिभिजनले सहयाेग गरेकाे औषधि शिविरमा निःशुल्क रुपमा वितरण समेत गरिएकाे आयाेजक संस्थाका संस्थाका सचिव रो. संगम पण्डितले जानकारी दिए । 

रोट्याक्ट क्लब अफ युनाइटेड वीरगंजका अध्यक्ष सौरभ बर्णवालको अध्यक्षतामा भएकाे शिविरमा रजिश चौधरी, रोशनी भट्टराई, सुजल ठाकुर, ईशा अग्रवाल, अर्चि सर्रफ, आशिष भट्टराई, सर्मिला भण्डारी, डिकेश यादव, बादल कर्ण लगायतकाे सहयाेग रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दशैंमा पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीले तलब पाएनन

शम्भु कुमार सुमन

पर्सामा राैनियार युवा समाज गठन

कालिका टाईम्स

अबदेखि नारायणी अस्पतालमा सुत्केरी महिलाले निःशुल्क रगत पाउने

कालिका टाईम्स
SQL requests:207. Generation time:3.004 sec. Memory consumption:78.42 mb