24.6 C
Birgunj
4 October 2024
KALIKATIMES.COM

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

- चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

वीरगंज । पर्सामा चाडबर्पका बेला माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले व्यपारी र पसलेहरुलाई कडा निर्देशन दिएको छ ।

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक अपिलसहितको सूचना जारी गर्दैै दशैं, तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी ढंगले मूल्य बृद्धि नगर्न निर्देशन दिएका हुन् । उक्त सूचनामा कुनैपनि वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न, अखाद्य वस्तुको बिक्रि वितरण नगर्न, सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिइएको छ ।

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

यस्तै माछा मासु बिक्री गर्ने व्यपारीहरुले माछा मासु काट्ने र बिक्री गर्न राख्ने ठाँउ सफा राख्न,मासु काट्ने व्याक्तिले सफा एप्रोन लगाउन, चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम नबजाउन, पटकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न, जुवातास नखेल्न र नखेलाउनपनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यदि स्थानीय प्रशासनको यी आग्रह र निर्देशनको उल्लंघन भएको पाइएमा सम्बन्धित पसलल, संस्था वा व्याक्तिलाई कानुन अनुसार हुदैसम्मको कारबाही गरिनेपनि चेतावनी दिइएको छ । यसैगरि उक्त सूचनामा चाडपर्बका बेला अधिकारप्राप्त निकायले बजार अनुगमनलाई तिब्रता दिने र उपभोक्ताको अधिकार र हकलाई संरक्षण गर्ने प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन् ।

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

कालिका टाईम्स

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:3.390 sec. Memory consumption:87.65 mb