23.1 C
Birgunj
5 October 2024
KALIKATIMES.COM

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

- छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

वीरगंज । वीरगंजका एक जना भुमाफियाका कारण विकास निर्माणको काम नै अबरुद्ध भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया निवासी सफितुल्ला ठकुराईले सार्वजनिक बाटाको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो ।

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

ठकुराईले रेल्वे रोडको पश्चिमतर्फ पर्ने समाजिक संस्था माईती नेपाल र बिद्या सागर स्कुल भएर जाने त्रिभुवन राजपथलाई जोडने गल्लीको वाटो अतिक्रण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो । सो बाटोमा ठकुमाईको ५ धुर नम्बरी जग्गा रहेकोमा ४ धुर जग्गा हाल साविक गराएको देखिएको छ । तर त्यसको प्रमाणहरु नरहेको स्थानियहरुको भनाई छ । उनले जालसाजी गरेको र जग्गा अतिक्रण गरी ९ धुर बनाएको स्थानियहरुको आरोप छ ।

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

बाटो निर्माणका लागि महानगरले नाप नक्सा गरेको जग्गामा पनि ठकुराईले ५ फिट ६ इन्च अतिक्रमण गरेपछि बाटो निर्माणमा थप किचल्लो भएको स्थानियहरुले बताएका छन् । महानगरले त्रिभुवन राजपथ र रेल्वे रोड जोडने गरी श्रीराम सिनेमाघरको छेव भएर जाने गल्लीको बाटो ढलान गर्न आर्थिक बर्ष २०८०/०८१ मा बजेट तर्जुमा गरेका थियो । गल्लीमा पर्ने सम्पूर्ण बाटो ढलान भए पनि बिधा सागर स्कुल देखि ठकुराईले बनाएको टिनको घर हुदै रेल्वे रोड पुग्ने लगभग जाने १० मिटर बाटो बिवादका कारण ढलान हुन नसकेको स्थानिय अगुवाहरुले बताएका छन् ।

बाटो निमार्ण कार्यको बाधा अढचन फुकाउन स्थानियहरुले महानगरलाई गुहार गरेपनि राजनितिक पहुचका कारण हालसम्म कुनै सुनवाई नभएको तथा बाटो निर्माण कार्य अधुरो रहेको स्थानियहरुको भनाई छ ।

स्थानियहरुका अनुसार ठकुराईलाई जग्गा नाप गराउँन थुर्पै पटक ताकेता गरे पनि उनले जग्गा नाप गराउन नमानेको तथा अतिक्रमित जग्गा समेत खाली नगरी अटेरी गर्दै आएका छन् । उनले स्कुल तथा समाजिक संस्था रहेको ठाउँको बाटो निर्माण कार्यमा बाधा पुग्नेगरी निदनिय कार्य गरेको स्थानियको ठहर छ ।

एक जना व्यक्तिको कारण बाटो निर्माण कार्य नै ठप्प भएपछि सो टोलका अगुवाहरु महानगरका प्रमुख राजेशमान सिंहसँग भेट गरी अतिक्रमित जग्गा खाली गराउँन आग्रह गरेका थिए । स्थानिय अगुवाहरुको आग्रहपछि जग्गा खाली गराउँन महानगर एक्सनमा आएको तथा खाली नगरे बल प्रयोग गरी खाली गराउँन टिप्पणी समेत उठी सकेको एक जना स्थानिय युवाले बताए । तर महानगरका उपमेयर इम्तेयाज आलमसँग उठवस गर्दै आएका ठकुराईले टिप्पणी महानगरमै गायब गराइएको ती युवाले बताए ।

यस शन्दर्भमा वीरगंज महानगरपालिका सचिवालय सदस्य हरि गौतमले बाटो खाली गाउँने बारे महानगरमा डेलिगेशन आएको बताए । बाटो खाली गराउँन महानगरले तदारुपता पनि देखिएको हो । तर ठकुराईले डोजर लगाएर भत्काएको खण्डमा मेरो इज्जत जाने भन्दै म संरचना आफै खाली गर्छु भनेर महानगरसँग सहमती गरेको कारण अतिक्रमित जग्गा खाली गराउँन ढिलो भएको उनले स्वीकारे । तर अब ढिला भइसकेको कारण केहि दिन भित्रमा महानगरले बाटोमा निर्माण भएको संरचना खाली गराउँने पोखरेलले दावी गरे ।

स्थानियहरुका अनुसार ठकुराई पुरानो भुमाफिया रहेको तथा थुर्पै सार्वजनिक जग्गा हडपेका छन् । उनले वीरगंज २ छपकैया मक्कीजामे मस्जिद पछाडी तत्कालिन समयमा सार्वजनिक पोखरीको डिलको रहेको २ कठ्ठा जग्गा समेत जालसाजी गरी हडपेका छन् । सो सन्दर्भमा ठकुराईले अदालतमा मुद्दा हारि सकेको भएपनि हालसम्म जग्गा खाली गरेका छैनन् । स्थानियहरुले सो जग्गामा धर्मशाला निर्माण गर्ने सोच बनाएकोमा त्यसमा उनले पानी फेर्दै आएका छन् ।

२०४९/०५० साल तिर तत्कालिन वडा अध्यक्ष शेषनैमोदिनको नेतृत्वमा रहेको वडा समितिले सो जग्गामा सार्वजनिक शौचालय र धर्मशाला निमार्णका लागि प्रक्रिया अगाडी बढाएपछि ठकुराईले वडा समिति तथा तत्कालिन वीरगंज उपमहानगरपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दिएका थिए । तर जिल्ला र पुर्नावेदन अदालतले महानगरकै पक्ष फैसला गरी महानगरलाई ७ दिन भित्र जग्गा खाली गराउन जिम्मेवारी दिएका थिए ।

तर सो जग्गा पनि हाल सम्म खाली हुन सकेको छैन् । उनले जाली कागजहरु खडा गरी जग्गा हडपेको स्थानियहरुले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

कालिका टाईम्स
SQL requests:219. Generation time:4.138 sec. Memory consumption:87.9 mb