23.1 C
Birgunj
5 October 2024
KALIKATIMES.COM

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

- सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिनुभएको छ । 

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

शुक्रबार काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

उद्घाटन सत्रमा मन्त्री यादवले भन्नुभयो, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्त्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।”

उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभएको छ ।

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्‍याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिनुभएको थियो ।

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.030 sec. Memory consumption:87.61 mb