26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मानव सेवा आश्रम वीरगंजकाे अर्काे भवनको शिलान्यास

लायन्स क्लबको करिब रु. १ करोड ३४ लाखको लागतमा दुई तले भवन निर्माण हुने

वीरगंज । मानव सेवा आश्रम वीरगंजकाे अर्काे भवनको शिलान्यास गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा नवरात्रीको शुभ साइत पारेर भवनको शिलान्यास गरिएको हो ।

लायन्स क्लबको करिब रु. १ करोड ३४ लाखको लागतमा निर्माण हुने दुई तले भवनको डाक्टर रामआवतर खेतान, आश्रमका संरक्षक एवम् प्राध्यापक डा. दिपक शाक्य र अभिभावक परिवारका संयोजक हरि गौतमले बिहिबार भुमि पुजन गरि भवनको शिलान्यास गरेकाे आश्रमका मधेश प्रदेश संयाेजक दिवेश गुप्ताले जानकारी दिए ।

उनका अनुसार छ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी समीर कन्ट्रक्सनले ठेक्का लिएको छ । मानव सेवा आश्रमका अभिभावक प्राध्यापक डा. दिपक शाक्यको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

भवनको शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका संजय खेतान, डिएन अग्रवाल, समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, आश्रमका अभिभावक प्रकाश थारु, लायन्स विनोद खण्डेवाल, राजकुमार सिन्धी, रामविहारी पाण्डे, नवदिप एकेडेमीकी प्रिन्सीपल सुशीला साह, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, देवेश गुप्ता लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

भवनको शिलान्यास डाक्टर पण्डित पुरुषोत्तम दुवेले गरेका थिए भने कार्यक्रमको सहजिकरण रोशन गुप्ताले गरेका थिए । 

यसअघि १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको पहिलो भवन अन्तिम चरणमा छ । तत्कालिन मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका तत्कालिन नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा ११ चैत २०७८ मा शिलान्यास गरेका थिए ।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.954 sec. Memory consumption:81.42 mb