24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पांच महिना मै तानिए पाेखरियाका इन्सपेक्टर ढकाल, उनकाे ठाउँमा शर्मा आउँदै

वीरगंज । पर्साकाे पाेखरियामा रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक (इन्सपेक्टर) राजन ढकाल पांच महिना मै तानिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साले आइतबार ढकालकाे काज सरुवा गर्दै उनकाे ठाउँमा स्वरुप शर्मालाई पठाएकाे छ ।

प्रहरी प्रधान कार्यालयले ढकाललाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पठाएकाे छ भने प्रहरी प्रधान कार्यालय मै कार्यरत रहेका इन्सपेक्टर शर्मालाई इप्रका पाेखरियामा पठाइएकाे छ ।

इप्रका पाेखरियाबाट ५ महिना मै इन्सपेक्टर ढकाल तानिएपछि देशभर चर्चाकाे विषय बनेकाे छ । कारवाही स्वरुप उनलाई क बर्गकाे इप्रकाबाट कार्यअवधिकाे आधा समेत नवित्दै उनलाई फिर्ता बाेलाइएकाेले प्रहरीहरुमा देशभर चर्चाकाे विषय बनेकाे हाे ।

ढकालकाे कार्य सम्पादन राम्राे नदेखिएकाे र उनकाे विरुद्ध प्रहरी प्रधान कार्यालयमा थुप्रै गुनासाेहरु पुगेपछि उनकाे अरु ठाउँमा सरुवा गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ । यसले संगठनकाे निति विपरित काम गर्ने प्रहरीहरु त्रासकाे वतावरण बनेकाे छ ।

इप्रका पाेखरियामा ढकाल आएदेखि नै विवादित भएका थिए । उनले गर्ने कार्य एकपक्षिय ढंगले देखिएपछि उनकाे विरुद्ध जन गुनासाे बढेकाे थियाे । पाेखरियामा आएदेखि उनीसंग दलालहरु नजिकीएका थिए भने तस्करी बढेकाे थियाे ।  

इप्रका पाेखरियाकाे क्षेत्रमा तस्करी बढेकाे विभिन्न संचार माध्यमहरु बारम्बार समाचारहरु आएपनि उनले तस्करी नियन्त्रण गर्न सकेका थिएन । घरेलु मदिरा भट्टीहरु खुल्याम रुपमा संचालन भइरहेका थिए । इप्रकाकाे मुद्दा शाखामा पैसा विना कुनै काम भइरहेकाे थिएन । यस्ता थुप्रै गुनासाेकाे आधारमा उनलाई पांच महिना मै फिर्ता बाेलाइएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.267 sec. Memory consumption:81.48 mb