31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पोखरियाका घुमुवा मण्डलकाे असुली आतंक, गृह मन्त्रालयसम्म उजुरी

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरियामा विगत ४ बर्षदेखि अड्डा जमाएर बसेका (घुमुवा) प्रहरी जवान जय कुमार मण्डलले आर्थिक आतंक मचाएका छन् । लामाे समय एकै स्थानमा घुमुवामा बसी तस्करसँग राम्रो साँठगाँठ बनाएर रकम असुलीमा घुमुवाको डनको रूपमा उनलाई हेर्न थालिएको छ ।

प्रहरी संगठनको नीतिअनुसार प्रहरीको काम स्वच्छ, चुस्त र दुरुस्त बनाउनका लागि प्रत्येक प्रहरी कर्मचारीको समय अवधिअनुसार एक स्थानबाट अर्को स्थानमा सरुवा गर्ने गरिए पनि मण्डल भने लामो समय एकै स्थानमा रही घुमुवाको रूपमा काम गर्दै आएका छन् । लामो समय एकै स्थानमा हुँदा पनि उनको सरुवा नहुदा आशंका उब्जाएको छ । 

वर्षौंदेखि घुमुवामा रही तस्करसँग राम्रो साँठगाँठ भएको र रकम असुलीमा सजिलो हुने भएकाले घुमुवा मण्डलको अहिलेसम्म सरुवा नभएको जानकार बताउँछन् । प्रहरी जवान मण्डल वर्षौंदेखि एकै स्थानमा घुमुवामा कार्यरत रहँदा पनि सरुवा नगरी उनलाई ठूला हाकिमले नै प्रोत्साहन गर्ने गरेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय पोखरिया मातहतको सिमा क्षेत्रमा चोरीतस्करीदेखी, पटाका लगायतका बारुदजन्य विस्फोटक समाग्री, लागुऔषध, हुण्डी र जाली नोटको कारोबार बढदै गएको छ ।  चोरी, तस्करी, गोप्य सूचना संकलन र अपराध नियन्त्रण गर्नुभन्दा पनि सादा पोसाकमा खटेका (घुमुवा) मण्डलले सिमानाबाट तस्करी गराएर तस्करहरुबाट महिनावारी पैसा असुलेर अकुत सम्पत्ति समेत बनाएका छन् ।

लामो समयदेखि एकै ठाउँमा कार्यरत रहेका कारण चोरी तस्करीदेखी, पटाका लगायतका बारुदजन्य विस्फोटक समाग्री, लागुऔषध, हुण्डी र जाली नोटको कारोबारीहरुसँग समेत घुमुवा मण्डलको गहिरो साँठगाँठ रहेको प्रहरी स्रोत बताउँछ । घुमुवा मण्डलले ईलाका प्रहरी कार्यालय पोखरियामा जो हाकिम आए पनि हाकिमलाई प्रलोभनमा पारी वर्षौंदेखि घुमुवामा बस्दै आएकाे प्रहरी नै बताउँछन् ।

‘हेलो सरकार’ र गृह मन्त्रालयमा उजुरी

पर्साको पस्चिमी ग्रामिण ईलाकामा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । पर्साको पस्चिमी ग्रामिण ईलाकामा घुमुवा प्रहरी जवान मण्डलले मासिक दररेट तोकेर तस्कर ब्यापारीहरुसंग मोटो रकम बुझी तस्करीको लाईन दिएर तस्करीका समान सुरक्षित स्थानसम्म पुगाउन स्कटिङ गरि भन्सार छली गर्न ब्यापारीहरुलाई खुलमखुल्ला सहयोग गरिरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरी परेको छ ।

घुमुवा प्रहरी जवान मण्डलकै मिलोमतोमा पर्साको पश्चिमि ग्रामिण ईलाकामा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी परेकाे समाचार स्राेतले जनाएकाे छ । जसमा तस्करी हुने नाका र घुमुवा मण्डलले तस्करहरुबाट घुस बापत उठाउने दररेट लिस्ट सहित तस्करका नाम नै किटान गरिएको छ ।

‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘ । पर्सा जिल्लाको पोखरिया स्थित ईलाका प्रहरी कार्यालय पोखरियामा बिगत ४ वर्षदेखी कार्यरत घुमुवा प्रहरी जवान जय कुमार मण्डलले मासिक दररेट तोकेर तस्कर ब्यापारीहरुसंग मोटो रकम बुझी तस्करीको लाईन दिएर तस्करीका समान सुरक्षित स्थानसम्म पुगाउन स्कटिङ गरि भन्सार छली गर्न ब्यापारीहरुलाई खुलमखुल्ला सहयोग गरिरहेका छन ।

एक महिना पहिला सिरहा दरबन्दी भएका घुमुवा सुरेन्द्र शर्मालाई दरबन्दीमा रवाना गरिएको थियो भने घुमुवा प्रहरी जवान मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको थियो । तर घुमुवा मण्डल प्रहरी निरिक्षक राजन ढकालकाे बिश्वासपात्र भएकोले एसपीलाई प्रभावमा पारेर एक हप्ता भित्रै पुन्ह पोखरियामा जान सफल भएका थिए ।

घुमुवा प्रहरी जवान मण्डलले तस्करहरुबाट असुल्ने मासिक घुस असुली दररेट लिस्ट सहित नाम उजरीमा यस प्रकारले उल्लेख गरिएको छ ।

घुमुवा मण्डलले भिस्वा नाकाबाट किराना समानदेखि काजु र बच्चा पिउने पावडर, दुध तस्कर राजु र हरिओम यादवसंग – रु २५ हजार, सबैठवा नाकाबाट कपडा तस्करी गर्ने एक समुहसंग – रु ४५ हजार, दुहिने भैंसी तस्कर भुसन यादवसंग – रु १५ हजार, भिस्वा नाकाबाट काम गर्ने किराना समान तस्कर रन्जितको समूहसंग – रु १० हजार, भारतीय ब्रान्डका बच्चा पिउने पावडर दुध र काजु तस्कर रमेश सहित ५ जनाले रु १५ हजारका दरले मासिक रु ७५ हजार बुझ्दै आएका छन् ।

यसैगरी मिर्जापुरका भैस तस्करहरुसंग रु ४० हजार, भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध र काजु तस्कर गर्दौल निवासी शहनी थरका ब्यक्तीले रु १५ हजार, प्रसौनीभाठा नाकाबाट छाला तस्करी गर्ने फारुकसंग – ९ हजार, प्रसौनीभाठा निवासी नमुदत राँगभैंसी र र किराना समान तस्कर अलि अहमद मियाँसंग रु २० हजार, अन्य एक जना छाला तस्करबाट रु २५ हजार, कपडा तस्कर अशोकबाट रु २५ हजार, कपडा तस्कर सरफदेवबाट रु २० हजार, किराना समान तस्कर अजयबाट रु १० हजार, जितेन्द्र कपडा तस्करबाट रु २० हजार, किराना समान तस्कर प्रकाशबाट रु १० हजार, किराना समान तस्कर रबिन्द्र गुप्तासंग रु ८ हजार रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ ।

यसैगरी अमरपटी नाकाबाट काम गर्ने तस्करहरुले समेत प्रहरी जवान घुमुवा मण्डलाई रकम बुझाउने गरेकाे उजरीमा उल्लेख छ । घुमुवा मण्डलले युनिलिभरका क्लजपपेस्ट/फेयरलवली लगायतका कष्टमेटिक तस्कर सन्दिपसंग २८ हजार, मोटरसाईकलको माध्यमले कपडा तस्करी गर्ने मुना नामक दुई जनाबाट ७/७ हजार, भोलाबाट ५ हजार र भुलनबाट ५ हजार, राजनिवास र रजनीगन्धा तस्कर सुनिलसंग ४ हजार, हार्डवेयरको तस्कर बिनयसंग ५ हजार, कबाड तस्कर बिगा र संजयसंग १५ हजार, दुहिने भैंसी तस्कर भुवन यादवसंग १२ हजार, भारतबाट नेपालतर्फ साईकलको माध्यमले गहुँ र धान तस्कर टुनासंग रु २ हजार, अमरदेव रु ३ हजार , छोटेलाल ३ हजार ५ सय र पिन्टुसंग ३ हजार रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ ।

पोखरियाका घुमुवा जवान मण्डलले अमरपटीका मुनासंग ६ हजार, ईन्दलसंग ५ हजार, राजकुमारसंग ५ हजार र जिउतसंग ४ हजार बुझेर अबैध घरेलु मदिरा भठी संचालन गर्न छुट दिएका छन । मुना भने भठी संचालक भारतीय नागरिक हुन र उनको त्यहा रहेको सबै भन्दा ठुलो भठी रहेको छ । प्रसौनीभाठामा गाउँमा ५ वटा घरेलु मदिरा भठी साहूसंग ३/३ हजारको दरले बुझेर संचालन गर्न छुट दिएको उजुरीमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाका घुमुवा प्रहरी जवान मण्डलमाथी छानबिन गरि आवश्यक कारवाही गर्न उजुरी मार्फत माग गरिएकाे छ ।

प्रहरी प्रधान कार्यालयले घुमुवा राख्ने व्यवस्था हटाएपनि जिल्ला प्रहरी कार्याल पर्सा मातहतमा पर्ने इप्रका पाेखरियामा घुमुवा रहनुले हाल इप्रका पाेखरियाका प्रमुख प्रहरी निरिक्षक ढकालदेखि जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु सम्मकाे अवैध कार्यमा सलंग्नता रहेकाे देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.207 sec. Memory consumption:81.51 mb