26.7 C
Birgunj
17 September 2024
KALIKATIMES.COM

पर्सा प्रहरीले झण्डै ४ कराेड बराबरकाे मालबाहक ट्रकहरू राअका बुझायाे

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ३ करोड ९३ लाख ८८ हजार ६ यस ३१ बराबरको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकाे छ ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार सांझ ८:४० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२५ लु १ ख ७५३२, ना ३ ख ५४९  नम्बरको मालबाहक ट्रकहरूलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए .

उनका अनुसार विल विजक भन्दा बढीका कम्प्युटरको माउस र व्हिस्की मदिरा लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले उक्त मालबाहक ट्रकहरू नियन्त्रणमा लिएकाे थियाे ।

अन्दाजी मूल्य रु ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ बराबरका मालबस्तुहरू लाेड रहेकाे ट्रकहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता भारतीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मिटर ब्याजकाे समस्या समाधानको लागि वीरगंजमा अन्तरक्रिया

कालिका टाईम्स

गढीमाई मेलामा आउन सांसद श्रेष्ठले दिए सरकारलाई चुले निम्तो

कालिका टाईम्स

भ्यालुयर्स एशोसिएसन वीरगंज च्याप्टरको दोस्रो साधारण सभा सम्पन्न

कालिका टाईम्स
Comments
SQL requests:204. Generation time:5.356 sec. Memory consumption:79.75 mb