21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा दुई कराेडकाे लागतमा कृषि तथा पशुपन्छी केन्द्रकाे भवन निर्माण

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिपालिकाकाे वडा नं. ५ मसिहानीमा आधुनिक किसिमकाे कृषि तथा पशुपन्छी केन्द्रकाे भवन निर्माण भएकाे छ ।
 
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहलमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयकाे ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडाेर कार्यालय बर्दीबास, महाेत्तरीबाट दुई कराेड ७७ लाखकाे लागतमा निर्माण भएकाे केन्द्रकाे भवन आइतबार एक कार्यक्रमकाे बिच गाउँपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
 
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयाेजना निर्देशक डा. चन्द्र प्रसाद रिसाले गाउँपालिका अध्यक्ष यादवलाई साे भवन हस्तान्तरण गरेका हुन् । अब साे केन्द्र संचालनकाे सम्पूर्ण जिम्मेवारी गाउँपालिकाकाे हुने छ ।
 
जिल्लाकाे जगरनाथपुर गाउँपालिकामा कृषि तथा पशुपन्छि केन्द्रकाे भवन निर्माणले साे क्षेत्रका कृषकहरु लभान्वित हुने गाउँपालिका अध्यक्ष यादवले वताए । उनले केन्द्रकाे भवनले कृषि प्रधान हाम्राे गाउँपालिका सहित जिल्लाका कृषकहरु फाइदा पुग्ने विश्वास व्यक्त गरे ।  
  
सो अवसरमा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, वडाध्यक्ष नेपाली कुशावाहा, शुभाष यादव, कृषि तथा पशु सेवा शाखा प्रमुख दयान्द चाैहान लगायतका स्थानिय कृषकहरुकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.752 sec. Memory consumption:81.53 mb