27.2 C
Birgunj
9 October 2024
KALIKATIMES.COM

लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर सम्पन्न

वीरगंज । वीरगंजकाे पानीटंकीस्थित लिटिल बडी प्रिस्कुलमा शुक्रबार निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र स्माईल डेन्टल केयर एण्ड पोलि क्लिनिकको समन्वयमा शिविर सम्पन्न भएकाे हो । 

विद्यार्थीहरुलाई सानैदेखि दाँतको हेरचाह गर्न सिकाउनका लागि स्कुलले दन्त शिविरको आयोजना गरेको स्कुलका प्रिन्सीपल बिजय कुमार बलले बताए । उनकाअनुसार शिविरमा चेकजाँच गर्ने चिकित्सकको परामर्श र सुझावअनुसार बालबालिकाले दाँतको हेरचाह गर्ने बानीको बिकास गर्छन् ।

शिविरमा चेकजाँच गराएका विद्यार्थी, शिक्षक र अभिभावकले क्लिनिकमा चेकजाँच गराउँदा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनीकले २५ प्रतिशत छुट दिने पनि उनले जानकारी दिए । प्रिन्सीपल बलकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक डा. आमिर आलम, डा. निकिता ठाकुर र डा. भावना कुमारी झाले चेकजाँच गरेका थिए ।

विद्यार्थीको चेकजाँच गर्दा अभिभावकलाई पनि सँगै राखेर दाँतको हेरचाह कसरी गर्ने भन्ने बारेमा पनि सिकाइएको डा. आमिर आलमले बताए ।  पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई व्यक्तिगत सरसफाईका बारेमा जानकारी गराउँदा यसले विद्यार्थीको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो सघाउ पुग्ने उनको विश्वास छ ।

अरु सबै कुराको चेकजाँच गराएपनि दाँचको परीक्षा नदुख्दा सम्म नगराउने प्रवृतिको अन्त्य गर्नुपर्नेमा डा. आलमले जोड दिए ।  सानो उमेरमा बालबालिकाले धेरै गुलियो खानेकुरा खाने भएकाले सानैदेखि दाँतको सुरक्षाका बारेमा सचेत हुनुपर्ने डा. निकिता ठाकुरले बताइन् ।

बच्चाको  दाँचको सुरक्षाका लागि अभिभावकले लापरवाही गर्न नहुने उनले सुझाव दिइन् । स्कुलमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, शिक्षिका, अभिभावक एवम् स्थानीय गरी करिब दुई सय जनाको चेकजाँच गरिएको थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दशैंमा पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीले तलब पाएनन

शम्भु कुमार सुमन

पर्सामा राैनियार युवा समाज गठन

कालिका टाईम्स

अबदेखि नारायणी अस्पतालमा सुत्केरी महिलाले निःशुल्क रगत पाउने

कालिका टाईम्स
SQL requests:207. Generation time:3.094 sec. Memory consumption:78.46 mb