21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सादा पोसाकको प्रहरी हूँ भनि रकम असुली गर्ने पक्राउ

वीरगंज । राैतहट प्रहरीले नक्कली प्रहरी एक जनालाई पक्राउ गरेकाे छ । सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्ने रौतहटकाे माधवनारायण नगरपालिका वडा नं.०१ निवासी २४ बर्षिय रमेश साहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दै गरेको छ भन्ने बिशेष सुचनाको आधारममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नं.०९ डुमरिया चौकबाट मंगलबार राति ११ बजेकाे समयमा साहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले वताइन । निजकाे शरीर तथा झोला चेकजांच गर्दा उक्त झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोशाक समेत बरामद भएकोले प्रवक्ता गिरीले जानकारी दिइन ।

 साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अभद्र व्यवहार मुद्दा शिर्षकमा जिल्ला प्रशासन कार्यालय रौतहट गौरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको गिरीले जानकारी गराइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:2.763 sec. Memory consumption:81.42 mb