26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस गर्न मन्त्री चाैरसियाकाे आग्रह

वीरगंज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस गर्न आग्रह गरेका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौरसियाले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेस गर्न समितिसमक्ष आग्रह गरे । उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए ।

उनले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ । भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ । किनभने संसदभित्र बिजनेस छैन । भोलि केही नेपाल ऐन संशोधनसम्बन्धी बनेको विधेयकमाथि छलफल गरौँ । कतिसम्म सहमति हुन सकिन्छ ।’

मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.696 sec. Memory consumption:81.47 mb