30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सशस्त्रका इन्सपेक्टरदेखि एसपी सम्मकाे सेटिङमा पर्साको प्रसौनीबाट तस्करी

वीरगंज । सिमा सुरक्षाकाे लागि खटिने सशस्त्र प्रहरीले पर्साकाे ग्रामिण भेगबाट तस्करीकाे लाइन खालेकाे समाचार प्राप्त भएकाे छ ।बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनी भाठाका प्रमुख प्रहरी निरिक्षक (इन्स्पेक्टर) प्रकाश भुजेल मिलाेमताेमा तस्करीकाे लाइन खुलेकाे हाे ।

समाचार स्राेतका अनुसार इन्सपेक्टर भुजेलले दर्जनभन्दा बढी तस्करहरुलाई लाईन दिएका छन् । उनले तस्करहरुलाई लाइन दिएपछि यस क्षेत्रबाट तस्करी फस्टाएकाे स्थानियहरुले वताउँछन् ।

इन्सपेक्टर भुजेलको मिलेमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा सिमानाका हुँदै धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, काजु, रेडबुल, चिनी, चामल, मैदा, पनिर मसाला, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ , लुगा धुने डिटर्जेन्ट, देखि कुखुराको चल्ला र त्यारी ब्वाइलर कुखुराको तस्करी गरिरहेका छन् ।

यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक, जुत्ता–चप्पल, मोबाईल, मोबाईल पार्टस, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ ।

यती मात्र हाेइन नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफी लगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ । तस्करहरुले नेपालका विभिन्न ठाउँबाट खरिद गरेर मिनी ट्रक पिकअपमा लोड गरि प्रसौनीभाठा गाउँमा झारेर थोरै थोरै  गरेर भारततर्फ कटाउने गरेको छन ।

जिल्लाका नेता र सुरक्षा सञ्जालसँग निकट रहेका केही कुख्यात तस्करहरुले  राँगाभैंसी तस्करी गर्न ठूलो लाईन पाएका छन । अवैध राँगाभैसीको लस्कर प्रसौनीभाठा बिओपि पछाडीको खोला छेउबाट नेपालतर्फ भित्रँदा समेत सिमा सुरक्षाकाे लागि खटिने सशस्त्र प्रहरीले कुनै चासो देखाउदैन झन सहजिकरण गर्ने गरेको स्थानीय बताउँछन ।

प्रसौनीभाठा चौकमा १/२ जना तस्करहरुले आखा छल्न देखावटी रूपमा पसल नै संचालन गरेर राती-राती बोर्डर कटाएर तस्करीका समान भन्डारण गर्ने र दिनको समयमा पर्साको विभिन्न ठाउमा पठाउने गरेका छन ।

यतिमात्र हैन, प्रहरी कै मिलोमतोमा लागू औषधको समेत कारोबार भइरहेको समाचार स्रोतको दाबी छ ।

यस्तै, सिमामा सशस्त्र प्रहरीले  तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन ।

यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन् ।

प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाडे् झै लाईन क्लियर गरिदिएपछि तस्करहरुले खुलेआम दिनदहाडै् भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार,  बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्।

सशस्त्र प्रहरीका इन्स्पेक्टर भुजेल एक विवादास्पद छवि भएका तर सबैमाझ परिचित व्यक्ति हुन् । उनी विगत तीन-चार वर्षदेखि पर्सामा कार्यरत छन् । अहिले उनी कमाउ अड्डा भनेर चिनिने जिल्लाको बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनीभाठामा कार्यरत छन् ।

यसअघि पनि उनी बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा २० महिना जति लामो समय कमान्ड गरिसकेका छन । उनलाइ यहाको तस्करी बारे चपाचपा नाका नाका तस्करीको बारेमा हरेक कुरोमा जानकार भएकै कारण सहज रुपमा तस्करी गराएर चानीकाटिरहेको जानकारहरु बताउछन ।

तस्करीको भिडियो प्रमाण सहित केही संचार माध्यमले समाचार प्रकाशन गरेपनि जिल्लाकाे सशस्त्र प्रहरीका कमाण्ड समाहलेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले इन्सपेक्टर भुजेलमाथि कारवाही नगर्दा उनकाे संलग्नता पनि रहेकाे पुष्टि हुन थालेकाे छ ।

केही दिन पहिला मात्र एक संचारकर्मीले तस्करीको सुचना इन्सपेक्टर भुजेललाई दिदा उनले साे सूचना तस्करसंग चुहाएको थियाे । त्यसपछि एक तस्करले साे संचारकर्मीलाई फाेन गरेर गाली गालाैज गर्दै धम्की समेत दिएकाे थियाे । साे बारे पत्रकारहरुकाे एक समुहले सशस्त्र प्रहरी गण १३ नम्बरका प्रवक्ता डिएसपी देवेन्द्र सिंहलाई जानकारी गराउँदा समेत हाल सम्म कुनै कारवाही भएकाे छैन । 

यसले इन्स्पेक्टर भुजेलकाे तस्करसंग साटगाठमा डिएसपी सिंहदेखि एसपी धिमाल सम्मकाे संलग्नता रहेकाे अनुमान हुन थालेकाे छ । याे तथ्यले इन्स्पेक्टर भुजेलको तस्कर संग राम्राे सम्बन्ध रहेकाे र माेटाे रकम नजराना बुझ्दै आएकाे समेत प्रमाणित गर्दछ । जुन रकमबाट जिल्लाका प्रहरी अधिकारीहरु समक्ष समेत पुग्ने गरेकाे बुझ्न सहजै बुझ्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:6.274 sec. Memory consumption:81.47 mb