वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बारा कै फेटा गाँउपालिका वडा नं.६ पुरैनिया निवासी ४१ बर्षिया सैदुल्ला मियाँ ठकुराई र साेही ठाउँ निवासी २२ बर्षिया बागर अंसारी रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले आइतबार विहान ११:३० बजेको समयमा दुबै जनालाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
प्रहरीले बिश्रामपुर गाँउपालिकाकाे वडा नं.१ घोडासहन नाका स्थितबाट ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेकाे दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा निजहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. दश लाख ईण हजार बरामद भएकाे प्रवक्ता न्याैपानेले जानकारी दिए ।
पक्राउ परेका दुबै जना विरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी गराए ।