31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रेस युनियनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि धर्ना

वीरगंज । नेपाल पत्रकार महासंघको सदस्यता नामावलीको विरोधमा देशैभर आन्दोलनरत नेपाल प्रेस युनियनले पर्सामापनि धर्ना दिएको छ ।

प्रेस युनिनयन पर्साले सोमबार वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालय अगाडि धर्ना दिएको हो । प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोको नेतृत्वमा युनियनमा आबद्ध पत्रकारहरुले पत्रकार महासंघको कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् । प्रेस युनियनको केन्द्रिय कार्य समितिको निर्देशन अनुसार पर्सामापनि दुई घण्टा धर्ना दिइएको प्रेस युनियन पर्साका अध्यक्ष महतोले बताए ।

पत्रकार महासंघको केन्द्रिय नेततृत्वले कुनै संगठन विशेषलाई महासंघको निर्वाचनमा लाभ हुने गरी महासंघको विधान मिचेर सदस्यता नामावली जारी गरेपछि देशैभर युनियनले विरोध जनाउँदै आन्दोलन गरिरहेको अध्यक्ष महतोले बताए ।

महासंघको विधान र प्रकृया पालना गरेर सबै संगठनको सर्वसम्म्तिमा सदस्यता नामावली प्रकाशन नगरिएसम्म युनिनयनको आन्दोलन जारी नै रहने उनले बताए । सदस्यता विवाद सुल्झिएसम्म प्रेस युनियनले महासंघको निर्वाचन पप्रकृया अगाडि बढाउनै नै नदिने चेतावनी पनि अध्यक्ष महतोले दिए ।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्यद्वय निलिमा पौडेल र श्रीराम रायमाझी, जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली, उदय दास थारु, हुकुम सिंह, श्रवण साह, नूर आलम, राहुल गुप्ता, एसएम जहाँगस्त लगायतको सहभागीता रहेको थियो । यसअघि गत शनिबार प्रेस युनियन पर्साले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.177 sec. Memory consumption:81.48 mb