26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिकामा धान राेपेर मनाइयाे धान दिवस

वीरगंज । पर्साकाे जगनाथपुर गाउँपालिकामा धान राेपाई गरेर शनिबार धान दिवस मनाइएकाे छ । ”जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने राष्ट्रिय नाराका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ हरपुर स्थित खेतमा धान राेपाई गरेर धान दिवस मनाइएकाे गाउँपालिकाकाे कृषि बिकास शाखा प्रमुख दायानन्द चाैहानले जानकारी दिए ।

२१ औं राष्ट्रिय धान दिवस महोत्सवकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे कृषि बिकास शाखाद्वार आयोजित धान राेपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागि भएका थिए ।

गाउँपालिका अध्यक्ष यादव कै अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष प्रसाद यादव, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका याेजना शाखा प्रमुख पिन्कु राम, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, शिक्षा शाखा प्रमुख अशाेक सिंह, कृषि विकास शाखाका शत्रुधन चाैरसिया लगायतकाे सहभागिता रहेका थिए ।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले एक दर्जन भन्दा बढी कषकहलाई पुरस्कृत समेत गरेकाे गाउँपालिकाकाे कृषि बिकास शाखाले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.982 sec. Memory consumption:81.48 mb