19.6 C
Birgunj
25 November 2024
KALIKATIMES.COM

रामबनको बस्ती जाेगाउन पर्साका राजनीतिक दलकाे माग

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन् ।

जिल्ला बन कार्यालयले रामबनमा निर्माणाधीन चिडियाखानाको लागि बस्ती हटाउन १५ दिने सूचना जारी गरेपछि बिहिबार पर्साका सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बस्ती जोगाउन आग्रह गरेका हुन् ।

यसअघि, सर्वदलीय टोलीले रामबनको बस्तीको भ्रमण समेत गरेको थियो । भ्रमणपछि टोलीमा सम्मिलित जनता समाजवादी पार्टी नेपाल पर्साका सचिव तबरेज अहमदले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएको बताउँदै, मानवबस्ती बचाएर विकास निर्माणलाई अघि बढाउन अनुरोध गरेका थिए ।

सर्वदलीय टोलीमा नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, नेकपा एमाले अध्यक्ष डा. विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, जसपा पर्सा सचिव तब्रेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.609 sec. Memory consumption:81.44 mb