वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित ३ जनालाई प्रकाउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकबाट आइतबार दिउसाे बस चालक सहित ३ जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ बस्ने वर्ष ३० का मुनि लाल प्रसाद रौनियार, पोखरिया नगरपालिकाकाे वडा नं. ०२ बस्ने वर्ष १९ का दिपेन्द्र शर्मा र पकहाँ मैनपुर गाउँपालिका वडा नं.४ खेस्राहा बस्ने वर्ष १९ का भिम गिरी रहेका छन् ।
वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरकाे यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखेको ९ ग्राम, ७६० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
त्यसपछि बस चालक, सह चालक सहित ३ जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।
प्रतिक्रिया लेख्नुहोस