23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

विट पत्रकारिता तालिम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाको सहयोग र लुकइ माई मिडिया प्रा.लि.को आयोजनामा सञ्चालित ३ दिने विट पत्रकारिता तालिम सम्पन्न भएको छ । विरगंजको एक होटेलमा आषाढ ८ देखी १० गतेसम्म संचालित तालिममा ३० जना पर्शेली क्रियाशिल पत्रकारलाई बिभिन्न विट बारे पत्रकारीता तालिम दिइएको मिडिया प्रालिका अध्यक्ष प्रणय साहले बताए ।

उनका अनुसार वीरगंज महानगरपालिकाको सहयोगमा सञ्चालित उक्त तालिमको पहिलो दिन आर्थीक पत्रकारीताको बारे प्रशिक्षक ओम प्रकाश खनालले प्रशिक्षण दिएका थिए । त्यस्तै दोश्रो मिडिया कानुन तथा पत्रकार आचारसंहिता लगायत अर्थीक बारे तालिम दिइएकाे थियाे । अन्तिम दिन अनलाइन प्रणालीबाट अर्थीक समाचारको लागी सुचना कसरी जुटाउने बारे तालिम प्रदान गरीएको थियो ।

तालिमकाे उद्घाटन नेपाल पत्रकार महासंघ पर्साका उपाध्याक्ष युवराज खड्काले गरेका थिए । तालिमकाे उद्घाटन गर्दै उपाध्यक्ष खड्काले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतनत्रताको रक्षा गर्न सकिने बताए ।

‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’

कार्यक्रममा वीरगंज महानगरपालिकाको प्रकाशन, प्रसारण तथा सूचना शाखा प्रमुख हरि ओम प्रसाद चौधरी, आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुब अधिकारी, प्रकाशन, प्रसारण तथा सूचना शाखाका निर्मला पौडेल, पत्रकार अमित साह लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.473 sec. Memory consumption:81.48 mb