22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुन: पासवान र सचिवमा विक

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुनः श्याम पासवान दोहोरिएका छन् । शनिवार वीरगञ्ज गेटवे होटलमा सम्पन्न संघको दोस्रो अधिवेशनपछिको बनदसत्रले पासवानलाई नै अध्यक्षमा सर्वसंवत चयन गरेको हो ।

पासवान नवहिमालयन टाइम्सका प्रकाशक हुन् । उपाध्यक्षमा सुरेश बादल र सचिवमा सूर्यनारायण वि.क. पनि दोहोरिएका छन् । बादल तराई न्युजमा आवद्ध छन् भने सूर्य यात्रा डेलीका सहसम्पादक हुन् ।

सहसचिवमा सुशिल हजरा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा निला राम, सदस्यहरुमा संगीता दास, धर्मेन्द्र राम, बिपिन महरा, सिद्धार्थ बादल, सुजिता कुमारी, आशिका कुमारी, रामबाबु राम चयन भएका छन् ।

बन्द सत्रबाट बृजलाल पासवान, बिनोद परियार र सुभाष रामलाई सल्लाहकारमा मनोनित गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.790 sec. Memory consumption:81.48 mb