21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गोल्डेन एथलेटिकस मिटमा अध्यक्ष दुबे सहित जिल्ला समिति सम्मानित

वीरगंज । एथलेटिकस परिवार नेपालको आयोजनामा ” गोल्डेन एथलेटिकस मिट” २०२४ काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भव्यताका साथ सम्पन्न भएकाे छ ।

खेलको उद्घाटन सत्रमा  एथलेटिकस परिवार नेपाल पर्सा जिल्ला अध्यक्ष सन्नी कुमार दुबेसहित जिल्ला कार्य समिति पर्साका विभिन्न पदाधिकारीहरुलाई सम्मान गरिएकाे छ । सोही कार्यक्रममा खादा लगाई एथलेटिकस परिवार नेपालका राष्ट्रिय अध्यक्ष राजन खत्रीले सम्मान गरेका थिए ।

नेपाली एथलेटिक्स जगतमा सबै भन्दा बढि ५२ ईभेन्टमा देशैभरबाट करिव ५५० खेलाडीको सहभागीता रहको थियाे । 

साथै पर्सा जिल्ला अध्यक्ष दुबेले यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरु पर्सा जिल्लामा सञ्चालन गर्न पाऊँ भनी राखेका अवधारणालाई राष्ट्रिय समय अध्यक्षले स्वीकारेका थिए । साथै सो कर्यको लागि आवश्यक पर्ने साधन व्यवस्थापन कार्यमा समेत केन्द्रीय कार्यालय सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकाे पर्सा अध्यक्ष दुबेले वताए ।

अन्तर्राष्ट्रिय स्तरमा खेलजगतमा राष्ट्रिय ध्वजा कृतिमान कायम गरेका खेलाडी वैकुण्ठ मानन्धरको सभापतित्वमा भएकाे कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी सदस्य उकेन्द्र कुँवर, राखेपका बोर्ड सदस्य बिना श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे । एथलेटिकस परिवार नेपालका राष्ट्रिय अध्यक्ष राजन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.908 sec. Memory consumption:81.47 mb