22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

डोंगफेंग ईभी भ्यानको अधिकारिक विक्रेता अब मधेश प्रदेशमा

वीरगंज । मधेश प्रदेशको अधिकारिक बिक्रेता नारायणी अटोकर्प प्रा.ली.ले डोंगफेंग इलेक्ट्रिक (ईभी) भ्यानको अग्रिम बुकिङ खुलाएको छ । मधेश प्रदेशको जुनसुकै शहरबाट बूकींग गर्न सकिने बारे नारायणी अटोकर्पका सञ्चालक रजत बजाजले बताए ।

उनका अनुसार नेपालमा त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटरकर्पद्वारा आयात गरिएको डोंगफेंग (ईभी) चीनका शीर्ष तीन कार निर्माताहरू मध्ये एक हो र यो विश्वव्यापी रूपमा ५० देशमा सञ्चालनमा छ । नारायणी अटोकर्पले अहिले ११ सिट र १४ सिट डोंगफेंग इलेक्ट्रिक यात्री भ्यानहरू साथै ४.५ र ५.३ घन मिटर कार्गो भ्यानहरू बिक्री र वितरण गर्ने बारे अर्का संचालक रवि केयालले बताए ।

उनका अनुसार ११ सिटको ईभी माइक्रोमा ५० किलोवाट मोटर र ४२ किलोवाट घण्टा लिथियम-आयन ब्याट्री छ जसले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । यसैगरी, १४ सिटको ईभी माइक्रोमा ८० किलोवाट मोटर छ र यसको ५० किलोवाट घण्टा लिथियम-आयन ब्याट्रीले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । सबै डोंगफेंग इलेक्ट्रिक भ्यानहरू क्याट ब्याट्रीहरूसंग फिट छन् ।

डोंगफेंगका सवारीसाधनहरू उच्च प्रदर्शन, वातावरणमैत्री र कम सञ्चालन खर्चका लागि विश्वभरि प्रसिद्ध छन् । यी भ्यानहरूले व्यवसायिक उद्देश्यका साथै व्यक्तिगत यात्राका लागि पनि उपयुक्त रहेकाे जनाइएकाे छ । नारायणी अटोकर्पका अनुसार, यी इलेक्ट्रिक भ्यानहरूको मर्मत खर्च पनि कम हुनेछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई दीर्घकालीन लाभ हुने कम्पनीकाे भनाई छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुट र अफरहरू पनि उपलब्ध गराइने नारायणी अटोकर्पले जनाएको छ । साथै, मधेश प्रदेशमा ग्राहकहरूको सुविधाका लागि परीक्षण ड्राइभको व्यवस्था समेत गरिनेछ । यो नयाँ सुरुवातले मधेश प्रदेशका बासिन्दाहरूलाई आधुनिक र वातावरणमैत्री यातायातका साधनहरू उपलब्ध गराउने लक्ष्य राखेको अर्का संचालक जयन्त चौधरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.336 sec. Memory consumption:81.48 mb