वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । भारत बिहानर राज्य पुर्वी चम्पारण रक्सौल वडा नम्बर २० कुम्हरिया टोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नम्बर १५ बाईपास सडकखण्डबाट उनलाई पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
वीरगंजकाे बसपार्कबाट प्रतिमा चोकतर्फ जाँदै गरेको पैदल यात्रुलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
बबलुले बोकेको कालो झोलाभित्र एक हजार दरको नेपाली नोट ४१५ थान (४ लाख १५ हजार), नेपाली ५ सय दरको नोट ३४० थान (एक लाख ७० हजार) र नेपाली ५० दरको नोट १ सय थान (५० हजार) गरी जम्मा ५ लाख ९० हजार रकम फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
बबलुलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।