26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरका अध्यक्ष यदावले अतिक्रमण गरिएका डेढ बिघा विद्यालयकाे जग्गा खाली गराए

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ खलुचडीमा स्थानियहरुले अतिक्रमण गरेकाे विद्यालयकाे जग्गा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले खाली गराएका छन् । 

गाउँपालिका अध्यक्ष यादवले श्री नेरा आधारभुत विद्यालयकाे अतिक्रमण गरिएका एक विघा १० कठा जग्गा खाली गाराएका हुन् । मंगलबार दिउसाे आफै स्काभेटरसहित विद्यालयमा पुगेका ‍गाउँपालिका अध्यक्ष यादवले विभिन्न बाधा, अवराेधकाे वाहजुद पनि अतिक्रमण खाली गराउन सफल भएका हुन् ।

उनले भने “राम्राे काम गर्न धेरै चुनाैती खेप्नु पर्दाे रहेछ । बर्षाैदेखि अतिक्रमण गरिएकाे जग्गा खाली गराउन जाँदा स्थानियहरुकाे विभिन्न बाधा, अवराेध खेप्नु पर्याे । तर पनि सफल भइयाे ।” खाली गाराईएकाे जग्गालाई पनि समेटेर यस बर्ष नै पर्खाल निर्माण गर्ने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी गराए ।

अध्यक्ष यादवले विद्यालयलाई ब्यवस्थित बनाई गुणस्तरीय शिक्षाको ब्यवस्थापन गर्न सोचको साथ आफु निर्वाचित भएदेखि अगाडी बढी रहेकाे वताए । लथालिङ अवस्थामा रहेकाे गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयहरु अवस्था सुधार गर्न आफु प्रयासरत रहेकाे उनले वताए ।

विद्यालयकाे जग्गा अतिक्रमण मुक्त गराईएपछि विद्यालयकाे फिल्ड पर्याप्त भएकाे वडाध्यक्ष सुभाष यादवले वताए । लामाे समयदेखि स्थानियकाे अक्रमणमा रहेकाे विद्यालय जग्गा खाली हुँदा विद्यालयलाई व्यस्थित गर्न पनि सहज हुने उनले वताए ।   

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.318 sec. Memory consumption:81.48 mb