24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि तालाबन्दी

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाल पत्रकार महासंघकाे जिल्ला शाखा पर्सामा तालाबन्दी गरेको छ ।

जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशिल पत्रकारलाई हटाइएको र मापदण्ड पूरा गरेपनि केही क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको प्रति समाजवादी प्रेस संगठनले आपत्ती जनाउँदै तालाबन्दी गरेकाे हाे । 

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको र कृयाशिल पत्रकारहरुलाई विभेदपूर्ण ढंगवाट हटाएको आरोप सहीत उक्त नामावली खारेजीको माग गर्दै महासंघमा तालाबन्दी गरिएकाे संगठनका केन्द्रिय सदस्य मनाेज पटेलले वताए ।

संगठनकाे केन्द्रिय किमिटीले महासंघकाे केन्द्रिय कार्यालयमा पनि आजै तालबन्दी गरेकाे उनले जानकारी दिए ।

महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै केन्द्रिय कार्यालयसहित जिल्ला शाखामा पनि तालाबन्दी गरिएकाे संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले वताए ।

उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आईतवार राति सार्वजनिक गरेको सूचीमा पर्साका समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएको प्रति संगठनको आपत्ती रहेकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.333 sec. Memory consumption:81.45 mb