बीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादीको रंगपुरटाडीमा आधुनिक बजार निर्माण हुने भएको छ । सोही बजारको मंगलवार एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष दिनेश चौधरीले शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले गौरव कै आयोजनाको रुपमा रंगपुरस्थित हप्ताको २ पटक सोमबार र शुक्रबार अव्यवस्थित रुपमा मुल सडकको छेउ छाउमा लाग्दै आएको हाट बजारलाई ब्यवस्थित गर्ने उदेश्यले गाउँपालिकाले बजार सेड निर्माण गर्न लागेकाे वताए ।
उनले आन्तरिक पर्यटनमा पर्सा जिल्ला कै प्रमुख गन्तव्य मध्यको एक भुमरीमाई धार्मिक बन छेउ मै आफ्नै जग्गा खरिद गरि आज बिधिवत रुपमा रङ्गपुर बजार निर्माणको शिलान्यास गरिएकाे वताए ।
बजार निर्माण गाउँपालिकाकाे साथै वडाको गौरबको योजना भएको वडाध्यक्ष बिजय गैरेले बताए । पहिलो चरणमा १ करोड ९ लाख रुपैयाको ठेक्का लागेको वडाध्यक्ष गैरेले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा उपप्रमुख ममता महतो, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, गाउँपालिका कार्यालयका बिभिन्न शाखाका प्रमुखहरु, समाजसेवी महेन्द्र चौधरी, कालकुमार बस्नेत लगायत जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।