वीरगंज । संकल्प लाेक सेवाकाे तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद यादवले संकल्प लाेक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएकाे भन्दै धन्यवाद दिए । उनले वीरगंज जस्तो पिछिडिएको ठाउँमा संकल्प लाेक सेवाले आयाेगकाे तयारी गराएर हजारकाे संख्यामा सरकारी जागिर दिलाउन सफल भएकाे वताए ।
पूर्व मन्त्री समेत रहेका सांसद यादवले लाेक सेवा तथा शिक्षक सेवा आयाेगमा नाम निकाल्ने मधेशीकाे संख्यामा वृद्धि भएकाे वताउँदै त्यसमा संकल्प लाेक सेवा आयाेग र अशाेक सरकाे ठुलाे याेगदान रहेकाे वताए ।
उनले मधेश आन्दोलनले गर्दा आएको आरक्षणका कारण पनि मधेशी धेरै जनाले सरकारी जागीर पाएकाे वताए । मधेश आन्दोलन नभएको भए मधेशी, जनजातिलाई जागिर पाउन धेरै कठिन भएकाे वताउँदै उनले अहिले सहज भएकाे वताए ।
उनले भने “पहिला मात्र मधेशका शिक्षक हुन्थ्याे । अहिले पहाडमा पनि मधेशी समुदायका अधिकृत देख्दा खुशी लाग्छ । याे सबै मधेश आन्दाेलनकाे उपलब्धि हाे ।” २०६२/०६३ को आन्दोलनले गर्दा नै ४५ प्रतिशत आरक्षणकाे व्यवस्था आएकाे उनकाे भनाई थियाे । मधेश प्रदेशकाे दुई ठाउँमा लाेक सेवा आयाेगकाे परिक्षाकाे सेन्टरको ब्यवस्था हुनु पर्ने वताउँदै उनले त्यसकाे लागि आफुले पहल गर्ने पनि वताए ।
अर्काे प्रसंगमा कुरा राख्दै सांसद यादवले देशमा संघियताकाे खारेजकाे ठूलो सडयन्त्र भईरहेको वताउँदै सतर्क हुन जरुरी रहेको वताए ।
एक बर्षमा एक सय ४० जना पास
कार्यक्रममा संकल्प लाेक सेवा आयाेगमा पढेर २०८० सालमा नाम निकाल्नेहरुलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा निमाविकाे लाइसन्न परिक्षा पास भएकाे ३८ जना र मावि तहकाे लाइसेन्स परिक्षा पास भएका ३१ जनालाई सम्मान गरिएकाे थियाे ।
त्यसैगरी शिक्षक सेवा आयाेगकाे परिक्षा पास गरि शिक्षककाे स्थायी न्युक्तिकाे लागि सिफारिस भएका निमावि तहका ३ जना, मावि तहका ४ जना र प्रावि तहका ३२ जनालाई पनि सम्मान गरिएकाे थियाे । यसैगरी संकलप लाेक सेवा आयाेगबाट नै पढेर लाेक सेवा आयाेगकाे परिक्षा पास भई नायब सुब्बा ४ जना, सशस्त्र प्रहरी जवान ४ जना र नेपाल आर्मी २१ जना भएकाे संकल्प लाेक सेवाका प्रशिक्षक सराेज साहले जानकारी दिए ।
वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, रेल्बे मावि वीरगंजका प्रधानाध्यापक प्रभु राैनियार लगायतले मन्तव्य राखेका थिए ।
संकलप लाेक सेवा आयाेगका बरिष्ठ प्रशिक्षक प्रेमशंकर श्रेष्ठले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन संचारकर्मी माधुरी महताेले गरेकी थिइन ।
प्रतिक्रिया लेख्नुहोस