22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज उद्याेग वाणिज्य संघमा विवाद, महासचिव लाठले दिए राजिनामा

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघका महासचिवले आशिष कुमार लाठले राजिनामा दिएका छन् । महासचिव लाठले लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनु पर्ने संघकाे कर्मचारीले वताएपछि राजीनामा दिएका हुन् । 

महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने गरेकाे भन्दै महासचिवको हैसियतले काम गर्न नसक्ने वताउँदै उनले राजीनामा दिएका हुन् । महासचिव लाठले अध्यक्ष अनिल कुमार अग्रावलाई बुधबार राजीनामा पठाएका छन् । 

महासचिव लाठले केही दिन पहिला संघकाे लेखा सम्बन्धी कुनै विवरणको माग गरेका थिए । तर सम्बन्धि कर्मचारीले संघका अध्यक्षबाट सोधेर नै उपलब्ध गराउन सकिने वताएका थिए । त्यसपछि उनले सम्बन्धित कर्मचारीसित लिखित जवाफ माग्दा कर्मचारीको ठाँउमा अध्यक्ष अग्रवालकाे पत्र प्राप्त भएकाे थियाे ।

जुन पत्रमा संघको लेखा सम्बन्धी अति गोपनिय विवरण विभिन्न समाजिक सञ्जालमा पुग्नु पछाडि संघका कार्यसमिति सदस्य र पदाधिकारीसमेत शंकाको घेरामा रहेकाे उल्लेख गरिएकाे थियाे । त्यस कुराले संघ भित्र आर्थिक अनियमितता भएकाे र त्यँही कारणले संघका पदाधिकारी बिच विवाद उत्पन्न भएकाे देखिएकाे छ ।

त्यही भएर महासचिवसमेतले लेखा सम्बन्धी विवरण माग्दा महासचिवले अध्यक्षको अनुमति लिनु पर्ने भनेर अध्यक्ष अग्रवालले सचिवालयलाई आदेश दिएकाे कारण उनले राजीनामा दिएका हुन् । महासचिव लाठकाे राजिनामाले संघका भित्र अध्यक्षले गरेकाे एकलाैटीपन र आर्थिक अनियमिततालाई पुष्टि गरेकाे छ ।

अध्यक्ष अग्रवालकाे पत्रानुसार महासचिव हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र सघंको हितमा काम गर्न नसकेको भनेर सन्देशसमेत प्राप्त भएकोले रानीनामा दिएकाे महासचिव लाठले जनाएका छन् ।

अध्यक्ष अग्रवालकाे अनेपक्षित एवं अप्रत्यक्ष आरोपबाट आफु लज्जित भएको छु । महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने यस्तो परिस्थितिमा म महासचिवको हैसियतले काम गर्न नसक्ने भएकोले महासचिवले दिएकाे राजीनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:3.955 sec. Memory consumption:81.45 mb