30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजबाट भारत तस्करी गर्न लागिएको ठूलो परिमाणमा मदिरा बरामद

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट ठूलो परिमाणमा शीलबन्दी मदिरा बरामद गरेको छ । शनिबार राति टाटासुमो गाडीमा लोड गरेर भारत तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामद गरेकाे हाे ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतसंग जोडिएको वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ कोनियाबाट भारत लग्न लागिएकाे मदिरा बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

सशस्त्र प्रहरीले शनिबार मध्यरातमा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडी नाकामा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शिलबन्दी मदिरा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरक्षिक किशन कर्मचार्यले जानकारी दिए । 

मदिरासहितको उक्त गाडीपनि नियन्त्रणमा लिएको उनले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५०० रुपैयाँ मुल्यांकन गरिएको जानकारी उनले दिए । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै त्यसका चालक मदिरासहितको गाडी छाडेर फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको कर्मचार्यले बताए । 

बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए । भारतको बिहार प्रान्तमा करिब एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्रिवितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । 

जसका कारण पर्सा, बारा लगायत मधेसका जिल्लाका नाका हुँदै नेपालबाट बिहारमा मदिराको तस्करी हुदैं आएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.575 sec. Memory consumption:81.46 mb