वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब, वीरगंज बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगंनले १-० गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले पहिलो गोल गरे । उनले गरेकै गोल नै अन्तिम सम्म वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जको लागि निर्णायक रहयो । वीरगन्ज युनाइटेड क्लबका खेलाडीले सुरु मै गरेको गोल नव जन जागृती युवा क्लबका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।
साेमबारकाे खेलमा वीरगंज युनाइटेड क्लब, वीरगंजका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले म्यान अफ दि म्याच घोषित भए । उनलाई परवानीपुर निवासी युवा प्रदीप सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे । अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगंजज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको खेलमा प्रमुख अतिथि राप्रपा पर्साका कोषाध्यक्ष रामेश्वर महतो थिए ।
प्रतिक्रिया लेख्नुहोस