वीरगंज । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि भएकाे छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा गएका छन् । उनीहरुले आइतबार बिहान मन्त्रीकाे शपथ लिएका हुन् ।
दुबै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् । यस अघि नै तीन जना उपप्रधानमन्त्री भइसकेका छन् ।
यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् भने साह वन तथा वातावरण मन्त्री बनेका छन् ।
योसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार २२ सदस्यीय भएको छ । अब संविधानअनुसार प्रचण्डले बढीमा तीन जना मात्र राज्यमन्त्री थप्न सक्छन् ।
नयाँ गठबन्धनको सरकारमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस सहभागी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस