26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गाउँपालिका अध्यक्ष यादवकाे पहलमा ब्यक्तिले अतिक्रमण गरेकाे सरकारी जग्गा फिर्ता

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहलमा नेपाल सरकारको जग्गा फिर्ता भएको छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ टोल बिजबनियामा बर्षौदेखि अतिक्रमण गरि ब्यक्तिको नाउँमा गएकाे ३ बिघ्घा १८ कठ्ठा जग्गा पुन: नेपाल सरकारको नाउँमा कायम भएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए ।

चन्दकलिन कुर्मी नाउबाट नेपाल सरकारकाे नाउमा कायम भएकाे जग्गाकाे लालपुर्जा पनि आफुहरु बिहिबार पाइसकेकाे अध्यक्ष यादवले वताए ।

मिति २०८० फागुन १५ गतेकाे निर्णय अनुसार तथा जगरनाथपुर गाउँपालिकाकाे च.न. २१२६ मिति २०८० भदाै १९ काे पत्र अनुसार साविक विजबनिया गाविस वडा नं. २ मा रहेकाे किता नं. ६२ काे ३ विघा १८ कठा जग्गा नेपाल सरकारकाे नाउमा कायम भएकाे मालपाेत कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.119 sec. Memory consumption:81.47 mb