26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६  औंराहामा बुधबारदेखि एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम सुरु भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रद्वारा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सिप सिकेर आफ्नै मुलुकमा राेजगार गर्न तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२० जनाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक‍ अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.869 sec. Memory consumption:81.47 mb