वीरगंज । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह गर्छु भनी फकाई फुल्याई भारतको दिल्ली लगि डेरा काेठामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पीडितको स्वास्थय परीक्षण ०७९ पुस २४ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो । उजुरी पश्चात आरोपित फरार रहेका थिए ।
महिलालाई बलात्कार प्रयास
यसै बिच सर्लाहीमा ३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–७ सक्रौलका ३१ वर्षीय दिपा भन्ने दिपलाल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन् ।
आरोपितले पीडितलाई पुस १९ गते पीडितकै घरमा आई बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।
घटनाको उजुरी पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।