31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पत्रकार देवानमाथि हातपात र दुर्व्यवहार

वीरगंज । विराटनगर महानगरपालिका-१६ रानीका ३१ वर्षीय पत्रकार प्रेम देवानमाथि हातपात र दुर्व्यवहार भएको भएकाे छ । आफुमाथि समाचार सङ्कलनका क्रममा विराटनगर महानगरपालिका परिसरमा बिहिबार आन्दोनकारीबाट हातपात र दुर्व्यवहार भएको पत्रकार देवानले वताए ।

विराटनगर महानगरपालिका-७ स्थित सातघुम्ती मोडमा बुधबार कवाडीखानामा आगलागी भएको र आगो नियन्त्रणका लागि महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै स्थानीयले बिहिबार महानगरपालिका घेरेपछि आवर विराटनगर डटनेटका लागि समाचार सङ्कलनका लागि पुग्दा आफूलाई आन्दोलनरत पक्षबाट हातपात र दुर्व्यवहार भएको पीडित पत्रकारले बताए ।

आन्दोलनरत पक्षले समाचार सङ्कलनका लागि फोन गरी विराटनगर महानगरपालिका–७ स्थित महानगरपालिका कार्यालय परिसरमा बोलाएको र आफू पुग्दासाथ हातपातका साथै दुर्व्यवहार गरिएको पीडित पत्रकारको आरोप छ ।

हातपातका कारण पत्रकार देवानको बाँया हातमा चलाउन समस्या भएको छ ।

घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिएको आवर विराटनगर डटनेटका सम्पादक नवराज कट्टेलले बताए ।

पत्रकारमाथि भएको दुर्व्यवहारको पत्रकारसम्वद्ध सङ्घसंस्थाले विरोध गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.407 sec. Memory consumption:81.48 mb