31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पत्रकार त्रिपाठी “नाफिज-कृषि पत्रकारिता पुरस्कारू”बाट सम्मानित

वीरगंज । वीरगंजका पत्रकार रितेश त्रिपाठी “नाफिज- कृषि पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका छन् ।
 
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजित सातौं महासभा तथा १४ औं वार्षिक सधारण सभाको अवसरमा पत्रकार त्रिपाठीलाई रु ५० हजार राशीको “नाफिज- कृषि पत्रकारिता पुरस्कार” प्रदान गरिएकाे हाे ।
 
कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पत्रकार त्रिपाठीलाई पुरस्कार  तथा सम्मान पत्र प्रदान गरेका थिए ।
 
पत्रकार त्रिपाठी हाल उकालोका वरिष्ठ सम्वाददाता रुपमा कार्यरत छन् । त्रिपाठी नेपाल आर्थिक पत्रकार संघ पर्साका पूर्व अध्यक्ष समेत हुन् ।
 

सोही अवसरमा ५० हजार राशिकै बिमा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय रिन खत्री र भिमा पन्थी पुरस्कृत भए । 

यस्तै, भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार पत्रकार रोबिन पौडेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.857 sec. Memory consumption:81.47 mb