30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजबाट स्रोत नखुलेको रु १० लाखसहित एक भारतीय पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडबाट पूर्वी चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३ को उमेश यादवलाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर०५एआर ८१०१ नम्बरको मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले वताए ।

पक्राउ परेका यादवलाई फेला परेका रुपैयासहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.712 sec. Memory consumption:81.46 mb