31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्साका पत्रकारद्वय त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

वीरगंज । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पर्साका दुई जना पत्रकारले पनि पाउने भएका छन् ।

५४ औँ स्थापना दिवसका अवसरमा प्रेस काउन्सिलले पर्साका पत्रकार रितेश त्रिपाठीलाई प्रेस काउन्सिल समावेशिता पत्रकारिता पुरस्कार र युवराज खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका दिन असोज ६ गतेका दिन काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्ययतामा आयोजना गर्न लागेको समारोहमा दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ ।

काउन्सिलले उक्त कार्यक्रममा विभिन्न विधामा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.935 sec. Memory consumption:81.48 mb