22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गापाद्वारा एमबिबिएस अध्ययनको लागि छात्रवृति प्रदान

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गरेकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ बिषुनपुरवा निवासी साहिल आलमलाई गाउँपालिकाले रु २ लाख छात्रवृति प्रदान गरेकाे हाे ।

पूर्ण छात्रवृतिमा एमबिबिएस अध्ययनकाे लागि बंगलादेश जान लागेका आलमलाई साेमबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले छात्रवृतिको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडा नं. १ का वडाध्यक्ष लक्ष्मी साह तेलि, विनय द्विवेदी, इम्रान आलम लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.064 sec. Memory consumption:81.46 mb