26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिकामा फेरी चाेरी

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा फेरी चाेरी भएकाे छ । गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाकाे लेपटप र क्यामेरा चाेरी भएकाे हाे । 

राष्ट्रिय परिचय पत्र शाखाका ताल्चा फाेडेर अज्ञात समुहले शाखाकाे ल्यापटप र क्यामेरा चाेरेर लगेकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कष्णनन्दन रायले वताए ।

केहि दिन पहिला मात्र गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी माथि हातपात भएकाे थियाे । 

स्थानिय जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए ।

साे घटनाकाे सम्बन्धमा बिहिबार मात्र इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा हातपात गर्नेहरु माफी मागेपछि सहमतीमा सुल्झिएकाे थियाे । 

यस अघि पनि जगरनाथपुर कार्यपालिकाकाे राेजगार सेवा केन्द्रमा चाेरी भएकाे थियाे । तीन महिना पहिला अज्ञात समुहले राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी गरेर लग्नुकाे साथै इन्टरनेटकाे तार काटि दिएका थिए ।

त्यसैगरी चार महिना पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर समेत चाेरी भएकाे थियाे ।

स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले गाउँपालिका कार्यालयमा सामानहरु चाेरी गर्ने गरेकाे बुझिएकाे छ । यस तर्फ प्रहरी प्रशासनकाे ध्यान जान जरुरी रहेकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.399 sec. Memory consumption:81.47 mb