26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वाणिज्य कार्यालय वीरगंजद्वारा ३४५ फर्मकाे दर्ता खारेज

वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले गत आर्थिक बर्षमा ३ सय ४५ फर्महरु खारेज गरेकाे छ । आर्थिक वर्ष २०७९/८० मा ३ सय ३४ प्राइभेट फर्म र ११ साझेदार फर्मको दर्ता खारेज गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खाङ्गले जानकारी दिए ।

कार्यालय मातहतका पर्सा, बारा, राैतहट, मकवानपुर, चितवन, सर्लाही, सप्तरीका र सिराहा जिल्लाका फर्मका संचालकहरुले आफलै बन्द गर्न निवेदन दिएपछि वाणिज्य कार्यालयले खारेज गरेकाे उनले जानकारी दिए । 

यस्तै सोही आवमा प्राइभेट र साझेदारी फर्म गरी एक हजार ३ सय ४७ व्यावसायिक फार्म दर्ता भएको जनाइएको छ । सूचना अधिकारी खङ्गका अनुसार सो अवधिमा प्राइभेट फार्म एक हजार तीन सय २३, साझेदारी फार्म २४ दर्ता भएका छन् ।

यस्तै ११ कम्पनी दर्ता भएको जनाइएको छ । सो अवधिमा दुई हजार एक सय ३२ प्राइभेट फार्म र ६७ साझेदार फार्मको नवीकरण गरिएको र एक हजार ३ प्राइभेट तथा २१ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्ड विपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही भएकाे छ ।

आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरिएको वाणिज्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार आव २०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०/१०, मकवानपुरका पाँच, सर्लाहीका चार, सप्तरी र चितवनका तीन/तीन व्यावसायिक फार्ममाथि कारबाही गरिएको छ ।

व्यावसायिक फर्ममाथि गरिएको कारवाहीबाट रु १७ लाख ८६ हजार राजस्व सङ्कलन भएको वाणिज्य कार्यालयले जनाएकाे छ । अनुगमनका क्रममा विभिन्न व्यावसायिक फर्मबाट म्याद गुज्रेको बियर, रेडबुल, स्प्राइट, कोक, भुजा, चिउरा, मह, दालमोठ, पापड, बेसनलगायतका रु ६४ लाख १८ हजार नौ सय ६७ मूल्य बराबरका सामान नष्ट गरिएकाे कार्यालयकाे प्रगति प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.316 sec. Memory consumption:81.48 mb