31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरका मठमन्दिरका पुजारीहरुलाई विद्युतीय चुल्हाे

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिकाले विभिन्न वडामा रहेका मठमन्दिरका पुजारी साधुहरुलाई खाना पकाउने विद्युतीय इन्डक्सन चुल्हाे वितरण गरेकाे छ ।

बिहीबार गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले वडा नम्बर १ मा रहेकाे श्रीराम जानकी मन्दिर र शिव मन्दिर, वडा नम्बर ३ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिर तथा वडा नम्बर ५ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिरका पुजारी साधुहरुलाई १/१ थान इन्डक्सन चुल्हाे प्रदान गरेका हुन् ।

अध्यक्ष यादवले पालिकाकामा रहेका मठमन्दिरहरुमा पुजारीहरुलाई आवश्यक पर्ने अन्य सामानहरु पनि उपलब्ध गराउने भन्दै बाँकी रहेका वडाका मठमन्दिरका पुजारी साधुहरुलाई पनि उक्त विद्युतीय चुल्हाे वितरण गरिने बताए ।

चुल्हाे वितरण कार्यक्रममा वडाअध्यक्षहरु लक्ष्मी साह र सुभाष यादव, स्थानीय समाजसेवी लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.662 sec. Memory consumption:81.48 mb