31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा नि:शुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नं. ३ बिजबनियामा शुक्रबार पाठेघर (आंग) खस्ने, अबष्ट्रेटीक फिस्टुला, पाठेघर क्यान्सर, भी.आई.ए. सम्बन्धि निशुल्क जाँच शिविर सम्पन्न भएकाे छ ।

स्वास्थ्य चाैकी बिजबनियामा भएकाे शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए । शिविरकाे उद्घाटन गर्दै अध्यक्ष यादवले महिलाहरु प्रजनन् स्वास्थ्य प्रति सजग रहन जरुरी रहेकाे वताए । 

प्रभु हस्पिटल वीरगंजकाे सहकार्यमा भएकाे शिविरमा ४ सय जना भन्दा बढी महिलाहरुले जाँच गराएकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले जानकारी दिए । गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा सहभागि महिलाहरुलाई आवश्यकता अनुसार औषधी पनि वितरण गरिएको थियाे ।

प्रजनन् रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत भएकाे शिविरमा प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीराेग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको चिकित्सक र पाेखरिया अस्पतालका स्वास्थ्यकर्मीहरुकाे टाेलीले महिलाहरुकाे स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

शिविरमा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नम्बर ३ का वडाध्यक्ष सुवास यादव, स्वास्थ चौकी बिजबनियाका ईन्चार्ज अमोद कुमार साह, स्वास्थ्यकर्मी  अशाेक पटेल, दिलिपराज कार्की लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.746 sec. Memory consumption:81.47 mb