31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गाउँपालिका अध्यक्षद्वारा आगलागी पीडितलाई सहयोग

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिबार आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष यादवले आगलागी पिडित वडा नं. २ पान्डेपुर निवासी मन्जु महतो नुनिया र बिसुनपुरवा निवासी हिम्मतलाललाई राहत स्वरुप ब्यक्तिगत रुपमा नगद रु. ५ हजार र रेडक्रसको साझा सहयोगमा चामल, दाल, त्रिपाल, बाल्टि तथा भाडा बर्तन समेत पीडितलाई भेटी सहयोग गरेका हुन् ।
 
उक्त राहत सामग्री सहयोग गर्न गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी प्रसाद नुनिया, नेता सुरेन्द्र सिंह क्षेत्री लगायत स्थानीय अगुवा तथा भद्र भलादमीको आगलागी स्थल मै पुगेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.023 sec. Memory consumption:81.44 mb