31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शिक्षक संघ जगरनाथपुरकाे दोश्रो अधिवेशन सम्पन्न

वीरगंज । नेपाल शिक्षक संघ जगरनाथपुर गाउँपालिकाकाे दोश्रो स्थानीय अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । श्री नेरा आधारभुत विद्यालय सन्ठीमा सम्पन्न अधिवेशनले रुपनारायण साहकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
 
समितिकाे उपाध्यक्षमा भगवती वाेगटी, प्रभु राम, सचिवमा शाैकत अलि अंसारी, उन्नतिलाल प्रसाद कुर्मी, सह सचिव लालबाबु प्रसाद पटेल, सम्झना वाेग्टी, सुरेश प्रसाद यादव, हसमाेदिन राउत गद्दी, हृदयनारायण गुराे चयन चएका छन् ।
 
यसैगरी समितिकाे सदस्यमा संजय प्रसाद श्रीवास्तव, भागवती कुमारी, माेहन प्रसाद साह, सत्येन्द्र राम, राकेश प्रसाद कुशवाहा, राजेश प्रसाद यादव, अरुण कुमार यादव, सुगान्धी देवी, शशिकान्त गाेलदार, पुजा कुमारी, मालती कुमारी सर्वसहमत चयन भएका छन् ।
 
अधिवेशनकाे उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए ।
 
लालदेव प्रसाद यादवकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चाैधरी, कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:210. Generation time:4.634 sec. Memory consumption:81.26 mb