31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन भएकाे छ । जगरनाथपुर गाउँपालिकाको सभाहलमा संचालन गरिएकाे कक्षाकाे शनिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रम वाेल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिका अन्तर्गतका गरिब र मध्य परिवारका विद्यार्थीकाे लागि कक्षा बढी फलदायी हुने वताए । उनले गाउँपालिका मै निशुल्क रुपमै संचालन गरिएकाे कक्षाकाे फाइदा उठाएर सरकारी कर्मचारी बन्ने अवसरकाे फाइदा उठाउन आग्रह गरे ।

नायब सुब्बा, खरिदार, नेपाल प्रहरीको निशुल्क लोक सेवा तयारीकाे लागि कक्षा संचालन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । उनका अनुसार गाउँपालिका मै ४५ दिन सक्सेश स्किल डेभलपमेन्ट फर्म वीरगंजले कक्षा संचालन गर्ने र त्यसपछि ति विद्यार्थीहरुले वीरगंजस्थित सक्सेस इन्सच्युटमा असार सम्म निशुल्क रुपै पढन पाउने छन् ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश यातायात मान्त्रालयका सचिव सुरेश राउत, लोकसेवा आयोग कक्षाका प्रशिक्षक राष्ट्र बैंकका अधिकृत नरेश सर्राफ लगायतले मन्तव्या राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.837 sec. Memory consumption:81.48 mb