31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा सुविधासम्पन्न प्रयाेगशाला स्थापना हुने

आवश्यक सामग्री र उपकरण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गरायाे

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ । गाउँपालिकामा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बुधबार जगरनाथपुर गाउँपालिकालाई करिब रु ५० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहल र समन्वयमा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

साे सामग्री बुझ्न गाउँपालिका अध्यक्ष यादव कै नेतृत्वकाे टाेली बुधबार जनकपुरधाममा पुगेकाे थियाे । गाउँपालिकाको वडा नं. ३ मा रहेकाे विजवनिया स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनकाे लागि बुधबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र जगरनाथपुर गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत रायले जानकारी गराए ।

समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, DHIS 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।

कर्मचारी र Kits/Reagents/Consumables को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।

सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष यादव र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.771 sec. Memory consumption:81.48 mb