30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसाेबासीकाे समस्या समाधानकाे बारेमा पालिका स्तरिय एक दिने अभिमुखिकरण सम्पन्न भएकाे हाे ।
 
गाउँपालिकाकाे सभा हलमा भएकाे अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले वताए ।
 
‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले जानकारी दिए ।
 
वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष श्रीकान्त यादव पनि सकरात्मक रहेको उनले वताए । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष यादवले भूमि आयोगका कामलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकाे आयाेगका अध्यक्ष अहमदले जानकारी गराए  ।
 
भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
 
सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
 
आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:210. Generation time:6.639 sec. Memory consumption:81.26 mb