30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा कक्षा १२ पास भएकाहरु अध्यक्ष यादवद्वारा पुरस्कृत

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाइ सम्मान गरिएको छ ।

विद्यालय मै मङ्गलबार आयाेजित कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना छात्र र ३ जना छात्राहरुलाई सम्मान गरेका हुन् । त्यस अवसरमा गाँउपालिका अध्यक्ष यादवले विधालयका शिक्षकहरुलाई पनि खादा लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कक्षा १२ उर्तिण अन्य विद्यार्थीहरुलाई पनि डायरि र पेन दिएर पुरस्कृत गरिएको बलिस्टर अहमदले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले कक्षा १२ पास गरेका छात्र छात्राहरुकाे आगामी उच्च शिक्षाको सफलता र उज्वल भविष्यकाे लागि शुभकामना दिए । उनले शिक्षा क्षेत्रकाे सुधार र विकास आफनाे मुख्य प्राथमिकतामा रहेकाे बताउदै यसमा आफुले कुनै सम्झौता नगर्ने पनि बताए ।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उप-प्रमुख बबिता सिंह, प्रमुख प्रशाकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष बिहारी महतो नुनिया, शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक नयाजुदिन मिया तेलि, नेपाल विधार्थी संघका गाँउपालिका सभापति मन्जय गिरि लगायतकाे पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.474 sec. Memory consumption:81.48 mb